नियम १८
नियुक्ति गर्ने अधिकारी
: (१) प्रहरी सेवाको देहायको रिक्त पदमा नियुक्ति गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछ :–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी महानिरीक्षकको पदमा – नेपाल सरकार
(ख) प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षकको पदमा – गृह मन्त्री
(ग) प्रहरी निरीक्षकदेखि प्रहरी उपरिक्षकको पदमा – सचिव, मन्त्रालय
(घ) प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदमा – प्रहरी महानिरीक्षक
(ङ) प्रहरी सहायक निरीक्षक पदमा – प्रहरी नायव महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षक
(च) प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदमा – प्रहरी उपरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक
(छ) प्रहरी कार्यालय सहयोगी पदमा – प्रहरी नायव उपरीक्षक वा सोभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृत
(२) नियुक्ति गर्ने अधिकारीले पदपूर्ति समिति वा बढुवा समितिको सिफारिसको योग्यताक्रमको आधारमा सिफारिस प्राप्त भएको मितिले राजपत्रङ्कित पदमा एक महिनाभित्र र राजपत्र अनङ्कित पदमा पन्ध्र दिनभित्र नियुक्ति दिनु पर्नेछ ।